शेयर बजार
लाभांश
October 12th 2025
0
26 views
0 shares
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम ७० करोड रुपैयाँ चुक्तापुँजीको आधारमा ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ८ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले आउँदो कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले सो लाभांश पाउनेछन्।
सभाले बोनस सेयर वितरणपछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँ चुक्तापुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै, सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।
कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभाका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १४ गतेभन्दा अघिसम्म नामसारी भएका सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Oct 17 2025

Oct 17 2025


Oct 12 2025