शेयर बजार
लाभांश
October 16th 2025
0
27 views
0 shares
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरेको छ। सभाले असोज ७ गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
बैंकका अनुसार असोज २६ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा कनेक्ट आईपीएसमार्फत नगद लाभांश पठाइएको छ। यदि कुनै शेयरधनीले आफ्नो डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगरेको भए, यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरिएको छ।
त्यसैगरी, असोज ७ गतेसम्म शेयर धितो राखी ऋण लिएका शेयरधनीहरूको हकमा भने ऋण लिएको बैंक वा वित्तीय संस्थाबाट एनओसी वा ऋण फुकुवा पत्र प्राप्त भएपछि मात्रै नगद लाभांश पठाइने बैंकले जनाएको छ। बोनस शेयर सम्बन्धमा बैंकले जनाएको छ कि सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भएपछि मात्र सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिनेछ।

Oct 17 2025

Oct 17 2025


Oct 12 2025