शेयर बजार
Nepse
October 15th 2025
0
28 views
0 shares

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा पुगेको छ।
आज २०६ कम्पनीको मूल्य घट्दा ४० कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। समाज लघुवित्त र विन्ध्यबासिनी हाइड्रोपावरका सेयर नकारात्मक सर्किटमा कारोबार भएका छन्।
समूहगत हिसाबले, सबैभन्दा बढी व्यापार समूहमा २.०९ प्रतिशतको गिरावट आएको छ।
बजारमा लगातार गिरावटसँगै कारोबार रकममा पनि घटावट देखिएको छ। आज ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ।
यो सप्ताहको पहिलो कारोबार दिन आइतबार बजार ७८.८३ अंकले घटेको थियो। त्यसपछि सोमबार ४४.२५ अंकले बढेको, तर मंगलबार र बुधबार लगातार बजार घटेको छ।
विशेषज्ञहरूको अनुसार, राजनीतिक माहौल अस्पष्ट रहँदा लगानीकर्तामा अन्योल बढेको छ र बजारमा उत्साहको वातावरण देखिएको छैन। कारोबार रकमका आँकडाले पनि लगानीकर्ताहरू क्रमशः बाहिरिएका वा निष्क्रिय भएको संकेत दिएको छ।

Oct 9 2025

Oct 17 2025

Oct 13 2025

Oct 17 2025