शेयर बजार
लाभांश
October 14th 2025
0
31 views
0 shares

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँ अनुसार कुल १०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसमा ६% बोनस सेयर र ४.५३% नगद लाभांश (लाभांश करसहित) समावेश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

Oct 17 2025

Oct 17 2025


Oct 12 2025
Oct 17 2025