शेयर शिक्षा

Daily Market Update

शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा

December 11th 2025

0

0 shares

शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा

नेपाली शेयर न्यूज । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६६ अंकले घटेर २६०७ अंकमा बन्द भएको छ । दिनभर बजार उतारचढाव न्यून रह्यो, अधिकतम २६१२ र न्यूनतम २६०२ अंकको बीचमा सीमित रह्यो।

राजनीतिक अस्थिरता र चुनावको अनिश्चितताले बजारमा खरिद–बिक्री दुवै पक्ष सुस्त भएको स्टक छ । कारोबार रकम ३ अर्ब ४९ करोडमा सीमित रह्यो, अघिल्लो दिनको ३ अर्ब ७३ करोडको तुलनामा घटेको हो।

आज ९८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो र ११ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकमा उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।

बैंकिङ ०.१५%, जीवन बीमा ०.१८%, उत्पादन–प्रशोधन ०.९२%, माइक्रोफाइनान्स ०.०९%, व्यापार ०.०७% ले बढे। विकास बैंक ०.१९%, फाइनान्स ०.६५%, होटल–पर्यटन ०.५४%, हाइड्रोपावर ०.३६%, लगानी ०.२९%, निर्जीवन बीमा ०.१६% र अन्य समूह ०.६३% ले घटे।

शेयर बजार हाल २५८०–२६०० को डिमाण्ड जोनमा आइ सपोर्ट पाएको देखिन्छ । बजार लगातार घट्दै आएको अवस्थामा अहिले थोरै स्थिरता देखिएको छ । सोमबार बजार ३ अंकले घटेको थियो भने मंगलबार ७ अंकले बढेको र बुधबार ५ अंकले घटेको थियो ।

बजारले पहिले ठूलो रेड क्यान्डल बनाएर तीव्र गिरावट देखाइरहेको थियो, तर हालको डिमाण्ड जोनमा आएपछि घट्ने गति कम भएको छ । डेली चार्टमा हाइयर हाइ र हाइयर लो कायम देखिन्छ, जसले बजारले डिमाण्ड जोनबाट फर्किन सक्ने सम्भावना रहेको संकेत दिएको छ ।

बजारको स्थायित्व पुष्टि गर्न एक घण्टाको चार्टमा मुभिङ एभरेज च्यानलको ब्रेक आउट देखिनु आवश्यक हुन्छ । यदि ब्रेक आउट भयो भने बजारले डिमाण्ड जोनबाट समर्थन पाउँदै फर्केको मान्न सकिन्छ । यो स्तरलाई भविष्यमा बजारको सम्भावित वृद्धि वा घट्ने दिशाको महत्वपूर्ण संकेत मानिएको छ ।

शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा

Leave a Comment

Related News

नयाँ निर्वाचनको सरगर्मी र पुँजी बजार: नेप्सेमा सुधार, तर कारोबार रकममा सुस्तता

नयाँ निर्वाचनको सरगर्मी र पुँजी बजार: नेप्सेमा सुधार, तर कारोबार रकममा सुस्तता

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech