काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।
त्यस्तै कम्पनीले मंसिर २५ गतेका लागि साधारणसभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभाका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ । यसअनुसार १० गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ छ ।



























