Insurance

Sub Index

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.१७८% नगद लाभांश पारित

January 11th 2026

0

0 shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.१७८% नगद लाभांश पारित

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारण सभा (AGM) २०८२ साल पुस २४ गते काठमाडौँको गोल्फुटारस्थित शुभ इभेन्ट्समा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतनलाल केडियाले गरेका थिए।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण तथा खाताहरू प्रस्तुत भई शेयरधनीहरूबाट सर्वसम्मत रूपमा स्वीकृत गरिएको थियो।

यस अवसरमा कम्पनीले आफ्ना शेयरधनीलाई कुल रु. ५१ करोड ४ लाख १८ हजार ९७० (करसहित) बराबरको १०.१७८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त लाभांश कम्पनीको रु. ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ चुक्ता पूँजीको आधारमा गणना गरिएको हो।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) शिवनाथ पाण्डेले कम्पनीका पछिल्ला उपलब्धिहरू प्रस्तुत गर्दै बलियो कर्पोरेट गभर्नेन्स, ग्राहक केन्द्रित सेवा, शाखा सञ्जालको विस्तार, सूचना प्रविधिको प्रभावकारी प्रयोग, आन्तरिक नियन्त्रण प्रणाली, लागत व्यवस्थापन, कर्मचारी उत्साह र अभिकर्ता (एजेन्ट) सशक्तीकरणमा कम्पनीले उल्लेखनीय प्रगति गरेको बताए।

उनले मर्जरपछिका चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा सम्मानित र विश्वासिलो स्थान बनाउन सफल भएको पनि उल्लेख गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रतनलाल केडियाले शेयरधनी, नियामक निकाय, संस्थागत साझेदार, अभिकर्ता, बीमित ग्राहक, सञ्चार माध्यम तथा सम्पूर्ण कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीको निरन्तर सफलताका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.१७८% नगद लाभांश पारित

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech