नेपाली शेयर न्यूज । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को दशौं वार्षिक साधारण सभा मंसिर २५ गते सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेर सामान्य र विशेष प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको २.५% बोनस सेयर र १०% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जस अनुसार कुल १२.५% लाभांश शेयरधनीलाई वितरण गरिनेछ।
साधारण सभाको निर्णयअनुसार बोनस सेयर वितरण पश्चात कम्पनीको जारी पूँजी र चुक्तापूँजी ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ कायम हुने प्रस्ताव पनि पारित गर्ने योजना छ।


























