Sub Index

शेयर बजार

Manufacturing and Processing

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

December 19th 2025

0

0 shares

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गरेको आईपीओविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कम्पनीको जारी आईपीओ प्रक्रिया बदर गर्न माग गर्दै खगेन्द्रराज कँडेलले २२ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलाशले शुक्रबार अन्तरिम आदेश जारी गर्दै उक्त रिटमा मागबमोजिम नहुने फैसला गरिदिएका हुन् ।

नेपाल शेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेलले २२ मंसिरमा कम्पनीको आईपीओ जारी गर्ने सम्बन्धमा हालसम्म भएका कामकारबाही उत्प्रेशणको आदेशले बदर गरी पुनः विवरणपत्रको स्वीकृत तथा प्रकाशन गरी शेयर निष्कासन गर्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रजिस्ट्रार मानबहादुर कार्कीको आदेशबाट उक्त रिट दरपीठ भएको थियो । रजिस्ट्रार कार्कीको दरपीठ आदेशमा भनिएको थियो, ‘प्रस्तुत रिट निवेदनमा लिएको मागदावी सम्बन्धमा उच्च अदालत पाटनमा रिट दायर भई मिति २०८१/११/२१ मा रिट निवेदन फैसला भइसकेको देखिँदा न्याय प्रशासन ऐन २०७३ को दफा १२ मा मुद्दा दोहोर्‍याई हेर्नेसम्बन्धी व्यवस्थाबमोजिम सर्वोच्च अदालत प्रवेश गर्न मार्ग रहेकै देखिँदा प्रस्तुत रिट निवेदन सर्वोच्च अदालतको अधिकारक्षेत्र अन्तर्गत दर्ता गर्न मिलेन ।'

यसपछि कँडेलले पुनः कम्पनीविरुद्धको रिट बोकेर सर्वोच्चको पुगेका थिए । इजलासले उच्च अदालत पाटनबाट भएका फैसलासम्बन्धी कागजात माग गर्‍यो । सर्वोच्चले पहिलो नजरमै उच्च अदालतको फैसलामा कुनै कैफियत र त्रुटि देखेन । त्यसपछि न्यायधीशद्वयको इजलाशले रजिस्ट्रार कार्कीको दरपीठ आदेश सदर गर्दै कँडेलेको ‘मागबमोजिम नहुने’ आदेश दिएको हो ।

कँडेलसमेत २ जनाले अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । उनको रिट निवेदनमा हालसम्म भएका कामकारबाही उत्प्रेषणको आदेशले बदर गरी कम्पनीको पुनः विवरणपत्रको स्वीकृत तथा प्रकाशन गरी शेयर निष्कासन गर्न परमादेशको माग गरिएको थियो ।

उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले अवरुद्ध आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै रिलायन्सले विदेशमा बस्ने नेपालीको लागि आईपीओ निष्कासन गरी शेयर बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको निमित्त निष्कासन गरिएको १ लाख १५ हजार ५९६ कित्ता शेयरको लागि करिब १७ गुणा बढी १९ लाख ४४ हजार ३३० कित्ताको आवेदन परेको थियो ।

ग्लोबल आइएमई क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा भइरहेको आईपीओ निष्कासन प्रक्रियाअन्तर्गत सर्वसाधारणको लागि पुस ७ गतेबाट आईपीओ खुल्ने भएको छ । सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुल्ने भएको हो ।

सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech