नेपाली शेयर न्यूज । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ। कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा लाभांश वितरण गरिनेछ।


























