Nepali Share News l
सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (IPO) को प्रतिक्षा गरिरहनुभएका लगानीकर्ताहरूका लागि आज महत्त्वपूर्ण दिन हो। बैंकको सेयर बाँडफाँड आज पुस २५ गते, शुक्रबार बिहान ९ बजे हुने तय भएको छ।
यस निष्कासनको मुख्य विवरणहरू यस प्रकार छन्:
- बाँडफाँड समय: बिहान ९:०० बजे।
- बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल।
- कुल माग: सर्वसाधारणका लागि छुट्याइएको भन्दा करिब १९.३७ गुणा बढी आवेदन परेको छ।
- आवेदक संख्या: अन्तिम तथ्याङ्क अनुसार २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन्।
कतिले पाउँछन् त सेयर?
धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर वितरण गरिनेछ। जसअनुसार:
- कुल आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्र न्यूनतम १० कित्ताका दरले सेयर हात पार्नेछन्।
- उच्च आवेदनका कारण बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ।
बैंकले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।



























