नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बार्गेनिङ गरेर स्वार्थ लुट्ने प्रयास भइरहेको भन्दै कम्पनीका कर्मचारीहरूले सार्वजनिक आक्रोश पोखेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत नक्कली धन्दा बन्द गर्न कडा चेतावनी समेत दिएका छन्।
कम्पनीमा २९ वर्षदेखि कार्यरत मधुसुदन लुइँटेलले पूँजी बजारका स्वघोषित लकगानीकर्ता, नक्कली अभियन्ता र नामधारी ‘रिटबहादुर’ हरूले बार्गेनिङ गरेर उद्योगका सयौं श्रमिकको रोजगारी खोस्ने प्रयास गरेको बताए। उनले भने, “उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं जनालाई लाभ दिएको छ। यसले मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान दिएको छ। राष्ट्रिय उद्योगको संरक्षण गर्नु हाम्रै कर्तव्य हो।”
बिगत २९ बर्ष देखि म रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड मा कार्यरत छु ! जुन कम्पनीको एकै छाना मुनि ३५००+ ले प्रत्यक्ष रोजगारी पाइरहेका छन जसमा १५००+ महिला रहेका छन ! कम्पनीले आफ्ना कामदार कर्मचारीको लागि उद्योग परिसरमा नै ब्यबस्थित आवास , चमेना गृह , शिशु स्याहारकक्ष , स्तनपान कक्ष , विश्राम कक्ष तथा श्रमिक तथा कर्मचारीका बच्चालाई बिद्यालय लान ल्याउन स्कुल बस समेत संचालन गरेको छ भने दक्ष स्वास्थकर्मि सहितको फार्मेसी पनि उद्योग परिसर भित्रै संचालित छ !
हाल यस उद्योगले वैदेशिक रोजगारीमा रहेका ब्यक्ति हरुका लागि शेयर निष्कासन गरिरहेको छ ! यो शेयर सम्बन्धी आफुलाई स्वतन्त्र प्रेस र मिडिया कर्मी भन्ने हरुले कलम ,माइक , क्यामेरा र बुमको प्रयोग गरि दुश्प्रचार गरेको देखियो साथै केही पुजि बजारका स्व घोषित लकगानीकर्ता , सरक्षक , बिज्ञ बिश्लेशक आदि नामधारी कालोकोटे रिट बहादुर हरुले बार्गेनिङ गर्ने उदेश्यले पटकपटक रिटको सहारामा २० औं हजार लगानी कर्ताको लगानी बन्धक बनाउने , ३५००+ को रोजगारी खोस्ने तथा औद्योगिक बाताबरण ध्वस्त पार्ने दुश्प्रयास भै रहेको छ !
२९ बर्ष्को कार्यानुभब को आधारमा केही कुरा राख्न चाहन्छु ! यस उद्योग बाट प्राप्त तलब भत्ता बोनस लगाएत बाट मैले मेरो घर परिवारको लानन पालन तथा शिक्षा स्वास्थ को प्रबन्ध गरेको छु !
उद्योग का विशेषता
- स्थापना काल देखि श्रमिक हरुको सम्मान जनक ब्यबस्थापन ।
- उच्च रोजगारी शृजना ।
- कार्यस्थल सुरक्षा को उचित प्रबन्ध !
- निर्यात मुलक ( देशकै कुल निर्यातमा ५% योगदान )।
- वैदेशिक मुद्रा आर्जन ।
- राजस्व मा उल्लेख्य योगदान ।
- ब्यापारघाटा न्यून गर्न महत्वपूर्ण योगदान ।
- विभिन्न बिधामा पटकपटक CIP लगाएय अन्य अवार्ड तथा सम्मान प्राप्त ( धेरै रोजगारी , सबैभन्दा बढी निर्यात कर्ता , अत्यधिक महिला रोजगारी , सामाजिक सुरक्षा कोषमा उच्च योगदान , कार्यस्थल सुरक्षा को उच्च प्रबन्ध आदि )
यस उद्योग ले म लगाएत ३५००+ कर्मचारी , तिनका परिवार लाई प्रत्यक्ष लाभ पुगेको छदैछ भने अप्रत्यक्ष रूपमा लाखौं लाई लाभनै पुगेको छ साथै मुलुकको अर्थतन्त्र मा पनि ठूलो योगदान पुगेको छ ! तसर्थ यो स्तरको राष्ट्रिय उद्योग को सरक्षण गर्नु तपाई हामी सबैको कर्तव्य हो !
उद्योग बचाउ ! औद्योगिक बाताबरण बनाउ ! उद्योग मास्न चाहने रिट बहादुर र असफल सिए हरुको बहकाउमा नपरौ !
बार्गेनिङ र नकारात्मकता बेचेर आफ्नो झोला भर्न खोज्ने हरुको पछि नलागौ !
ढुक्कसँग लगानी गरौं ! मौका आउँछ पर्खदैन ।
१५ वर्षदेखि रिलायन्समा कार्यरत एसपी उप्रेतीले भने, “केही सीमित व्यक्तिले सार्वजनिक हितको नाममा बार्गेनिङ गरेर देशको ठूलो उद्योग र कर्मचारीको भविष्यमाथि खेलवाड गर्दैछन्। हामीले यहाँ नाफा मात्र नभई राम्रो बोनस समेत पाउँदै आएका छौं।” उनले बार्गेनिङ बन्द गरेर उत्पादन र रोजगारीमा ध्यान दिनुपर्ने जोड दिएका छन्।
म विगत लामो समय (१५) वर्ष देखी यस कम्पनी (रिलायन्स स्पिनिङ मिल्स लि.) कार्यरत कर्मचारी हु । म लगाएत यस कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौ व्यक्तिहरुलाई रोजगारका साथै स्वास्थ , शिक्षा र समाजमा रहेका अपङ्गता , असहाय र वृद्ध व्यक्तिहरुलाई सहयोग गर्दै आएको कुरा हामी सबैमाझ सहप्रमाणितै छ। हामीले यहाँ केवल तलब मात्र होइन, प्रत्येक वर्ष कम्पनीको नाफाबाट हामीले राम्रो बोनस पनि पाउँदै आएका छौं। यस कम्पनीले गर्दा आज म स्वदेशमै रहेर श्रम गरी आफ्नो घर ,परिवार पाल्न सकेको छु । तर आज केही 'नक्कली अभियन्ता'हरूले झूटा मुद्दा र मिडियाबाजी गरेर हाम्रो यो रोजीरोटी खोस्न खोज्दैछन्।
उहाँहरू 'लगानीकर्ताको हित' को कुरा गर्नुहुन्छ, तर वास्तवमा उहाँहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानीलाई बन्धक बनाउनुभएको छ। यो 'सार्वजनिक हित' होइन, यो 'बार्गेनिङ' हो। हामी केही सीमित व्यक्तिको स्वार्थका लागि देशको यति ठूलो उद्योग र हाम्रो भविष्य बर्बाद हुन दिने छैनौं।
हामी उत्पादनको पक्षमा छौं। हामी रोजगारीको पक्षमा छौं। हामी नेपालको पक्षमा छौं।
बार्गेनिङ बन्द गर! देश बन्न देउ!
कम्पनीमा कार्यरत ममता गिरीले रिलायन्स केवल उद्योग नभई हजारौं परिवारको आशा र भविष्य भएको बताइन्। उनले भनिन्, “विवाद, बार्गेनिङ र भ्रमले होइन, समाधान, संवाद र उत्पादनले देश अघि बढोस्।” रमेश अधिकारी र कञ्चन पौडेलले पनि नक्कली अभियन्ताको गतिविधिले रोजगारी संकटमा पार्ने खतरा रहेको भन्दै विरोध गरेका छन्।
रिलायन्समा ४ हजार ५ सय कर्मचारी कार्यरत छन् र कम्पनीले वार्षिक ५० करोड डलरको वस्तु निर्यात गर्दै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। आईपीओ निष्कासनपछि कर्मचारीहरू उत्साहित छन्, तर कम्पनी बाहिरबाट नकारात्मक सन्देश फैलिन थालेपछि उनीहरूले सामाजिक सञ्जालमा प्रतिरोध स्वरूप आवाज उठाएका हुन्। कर्मचारी तथा मजदुरहरूले बार्गेनिङ र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर बजारमा छलकपट गर्ने व्यक्तिविरुद्ध सामूहिक रुपमा लड्ने चेतावनी दिएका छन्।




























