Development Bank

Sub Index

बैंकिङ

व्यक्तिगत कर्जा सीमा १ करोड, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

December 2nd 2025

0

0 shares

व्यक्तिगत कर्जा सीमा १ करोड, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

नेपाली शेयर न्यूज/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई व्यक्तिगत प्रयोजनका कर्जा अधिकतम १ करोड रुपैयाँसम्म प्रदान गर्न अनुमति दिएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासँगै जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था लागू गरिएको हो।

यसअघि निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जा तथा ओभरड्राफ्ट कर्जा ५० लाख रुपैयाँसम्म मात्र सीमित थियो।

अब उक्त सीमा बढाएर प्रतिव्यक्ति १ करोड रुपैयाँ पु¥याइएको छ। नयाँ निर्देशनअनुसार बैंकहरूले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा तथा सेयर धितोमा प्रदान गरिने कर्जा सहित सबै प्रकारका व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म मात्र प्रवाह गर्न पाउनेछन्।

त्यस्तै, कुनै व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कुल कर्जा १ करोड रुपैयाँभन्दा बढी नहोस् भन्ने सुनिश्चित गर्न बैंकहरूले सावधानी अपनाउनुपर्नेछ। निर्देशनमा भनिएको छ, “कर्जा प्रवाह गर्दा तोकिएको सीमा ननाघेको यकिन गरी मात्र कर्जा प्रवाह गर्नुपर्नेछ।” सीमा नाघेर कर्जा प्रवाह गरेमा उक्त सीमा नाघेको रकममा शत–प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ।

व्यक्तिगत कर्जा सीमा १ करोड, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech