Nepali Share News l
नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर कोड (Personal QR) प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। पछिल्लो समय डिजिटल भुक्तानीमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो आग्रह गरेको हो। यदि कोही कसैले व्यावसायिक प्रयोजनमा व्यक्तिगत कोड प्रयोग गरेको वा कुनै पनि किसिमको शंकास्पद वित्तीय गतिविधि गरेको पाइएमा तुरुन्त सम्बन्धित निकायमा उजुरी दिन समेत राष्ट्र बैंकले आग्रह गरेको छ।


























