नेपाली शेयर न्यूज । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको ३२ अर्ब ३३ करोड ७४ लाख रुपैयाँको तुलनामा ३३.५६ प्रतिशतले वृद्धि हो ।
सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति १७.९८ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ४० लाख रुपैयाँ पुगेको छ । हिमालयन बैंक दोस्रो स्थानमा रहँदा यसको सम्पत्ति ६३.१० प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति ४.७६ प्रतिशतले बढेर ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
अन्य बैंकमध्ये नबिल बैंकको गैरबैंकिङ सम्पत्ति ३०.३१ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७.५५ प्रतिशतले बढेर ३ अर्ब ११ करोड, कुमारी बैंकको ५.४८ प्रतिशतले घटेर २ अर्ब ५५ करोड, र प्राइम बैंकको १४९ प्रतिशतले बढेर ४ अर्ब २३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको छ । बैंकको यस्तो सम्पत्ति २९.४५ प्रतिशतले बढेर २० करोड ४१ लाख रुपैयाँ पुगेको छ ।



























