Nepali Share News l
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले आफ्नो स्वामित्वमा रहेको २,००,००० कित्ता संस्थापक सेयर अक्सन मार्फत बिक्री गर्ने भएको छ। यो अक्सन प्रक्रिया आगामी पुस १६ गतेदेखि पुस २३ गते (२०८२) सम्म खुला रहनेछ।
मुख्य जानकारी:
- को-को सहभागी हुन पाउने? यसमा कम्पनीका विद्यमान संस्थापकहरू, सर्वसाधारण नागरिक र विभिन्न संघ-संस्थाहरूले आवेदन दिन सक्नेछन्।
- न्यूनतम मूल्य: प्रतिसेयर न्यूनतम मूल्य रु. १०० तोकिएको छ। आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
- न्यूनतम कित्ता: आवेदन दिँदा कम्तिमा १,००० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
- अधिकतम सीमा: नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नहुने गरी इच्छुक लगानीकर्ताले अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्।
- बिक्री प्रबन्धक: यो अक्सन प्रक्रियाको व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।



























