Nepali share News.
नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो। यसरी कम्पनीले कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
उक्त लाभांश प्रस्ताव पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पारित गरेको हो। यो लाभांश योजना नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीहरूलाई वितरण गरिनेछ।
Neco Insurance Announces 15.78% Dividend, Including 3% Bonus Shares and 12.78% Cash




























