काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम ६० करोड रुपैयाँ चुक्ता पूँजीमा आधारित रही ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीले प्रस्ताव गरेको नगद लाभांश कर तिर्नका लागि मात्र हुनेछ। यसबारेको अन्तिम निर्णय कम्पनीको आगामी ११औं वार्षिक साधारणसभाबाट हुने छ। साधारणसभाले प्रस्ताव पारित गरेपछि संबंधित शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

























