नेपाली शेयर न्यूज । बैंकिङ कसुरको मामलामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका चार जनामाथि अनुसन्धानका लागि म्याद थप गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंसिर १४ गते शेरचनसहितका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
पक्राउ पर्नेहरूमा सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य र सुगेन (सुजिन) शाक्य पनि रहेका छन्। आइतबार उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारु र गिता प्रसाद तिम्सिनाको वाणिज्य इजलासले उनीहरूमाथि थप ५ दिन अनुसन्धान म्याद थप गर्ने निर्णय गरेको छ।



























