Nepali Share News l
अहिले सुरु हुन लागेको निष्कासन पहिलो चरणको हो, जुन विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि मात्र छुट्याइएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूले यसमा सहभागिता जनाउन सक्नेछन्।
सेयर सम्बन्धी विवरण
- कुल कित्ता: कम्पनीले कुल ४० लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको छ ।
- वैदेशिक रोजगारी कोटा: पहिलो चरणमा कुल कित्ताको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर बिक्री गरिनेछ ।
- मूल्य: प्रति कित्ता रु. १०० कायम गरिएको छ ।
- आवेदन सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
समय र प्रक्रिया
- खुल्ने मिति: माघ ४ गते ।
- बन्द हुने मिति: छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म ।
- कहाँबाट भर्ने?: सि-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' (Mero Share) मार्फत अनलाइन आवेदन दिन सकिन्छ ।
- बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल लिमिटेड ।
नोट: वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँड गरिसकेपछि मात्रै दोस्रो चरणमा नेपालमा रहेका सर्वसाधारण (General Public) का लागि सेयर निष्कासन गरिनेछ ।



























