नेपाली शेयर न्यूज ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।कम्पनीले प्रस्ताव गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्। बीमा क्षेत्रमा सक्रिय यस कम्पनीले आफ्नो वितरणयोग्य नाफाबाट यो प्रतिफल दिने तयारी गरेको छ।




























