नेपाली शेयर न्यूज/ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी पुस १४ गते मोरङ, विराटनगरस्थित होटल एयरपोर्टमा आयोजना गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा हाल कायम ७५ करोड रुपैयाँ चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ।
साथै, आवश्यक परे अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने अर्को प्रस्ताव पनि अनुमोदन गरिने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्ने प्रस्ताव सभामा पारित गरिनेछ। गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।



























