नेपाली शेयर न्यूज । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैठकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको हो। निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाई लाभांश वितरण गरिने छ।




























